दफा ६
दान, उपहार, चन्दा स्वीकार गर्न, सापटी वा आर्थिक लेनदेन गर्न नहुने
पदाधिकारी आफंैले वा आफ्नो परिवारको कुनै सदस्य मार्फत आयोगको कामसँग सम्बन्धित व्यक्तिहरूसँग दान, उपहार, चन्दा स्वीकार गर्न, सापटी वा आर्थिक लेनदेन गर्न वा कुनै प्रकारको आर्थिक प्रलोभनमा पर्न वा कमिसन वा गैरकानुनी रूपमा रकम प्राप्त गर्न हुँदैन ।